श्रीमतीको अभावमा पुरुषले भोग्नुपरेको पीडा, एक्लोपन र व्यथाको कथा हो ‘विधुर पुरुष’: आचार्य प्रभा
साहित्यकार आचार्य प्रभा हाल अमेरिकामा रहँदै आएकी छन् । प्रवासबाट साहित्य सिर्जनामा कलम चलाइरहेकी प्रभाको यसअघि परदेशबाट (कवितासंग्रह–२०६२), असह्य चित्कार (गजलसंग्रह–२०६९), मायाको नाकाबन्दी (गीतसंग्रह–२०७६) प्रकाशित भएका थिए भने भर्खरै ‘विधुर पुरुष’ लघुकथासंग्रह प्रकाशित भएको छ । यहि सन्दर्भमा नेपाल मामिलाका लागि सीता तुम्खेवाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ: भर्खरै प्रकाशित लघुकथासंग्रह ‘विधुर पुरुष’बारे बताइदिनुहोस्...