शिक्षामा देखिएको विभेद् हटाउन सामुदायिक विद्यालयको गुणस्तर तत्काल सुधार गर्नुपर्ने
काठमाडौं। नेपालमा शिक्षामा देखिएको विभेद् हटाउन सामुदायिक विद्यालयको गुणस्तर तत्काल सुधार गर्नुपर्ने विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले बताए । मंगलबार काठमाडौंमा आयोजित दोस्रो ‘कान्तिपुर एजुकेसन समिट-२०८०’ को पहिलो सत्र ‘उच्च शिक्षा कानुन गर्भमा, विद्यालय शिक्षा विधेयक विवाद’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्यालयतहको शिक्षा गुणस्तरिय नहुनुको असर उच्च शिक्षामा देखिएकाले...