काठमाडौं। नेपालमा शिक्षामा देखिएको विभेद् हटाउन सामुदायिक विद्यालयको गुणस्तर तत्काल सुधार गर्नुपर्ने विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले बताए । मंगलबार काठमाडौंमा आयोजित दोस्रो ‘कान्तिपुर एजुकेसन समिट-२०८०’ को पहिलो सत्र ‘उच्च शिक्षा कानुन गर्भमा, विद्यालय शिक्षा विधेयक विवाद’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्यालयतहको शिक्षा गुणस्तरिय नहुनुको असर उच्च शिक्षामा देखिएकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ढिलाई गर्न नहुने पनि बताए ।
उनको भनाइ थियो । यसका लागि संसदमा विचाराधिन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्नुपर्ने र निजीक्षेत्रको योगदान बिर्सने बेला भइनसकेको पनि बताए।
बढीभन्दा बढी विद्यार्थी निजी विद्यालयमा रहेको र गुणस्तर पनि तुलनात्मक रुपमा राम्रो रहेको तर, सरकारले एकै पटक सबै निजी विद्यालयहरुलाई सामुदायिक बनाउनु पर्ने नीतिगत व्यवस्था गर्न लागेकाले त्यसबाट पर्ने सम्भावित असरबारे पनि सोच्नुपर्ने उनको भनाई छ ।