प्रदेश प्रमुख कलौनीसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश
कर्णाली– कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले आर्थिक वर्ष २०७६/७७ वार्षिक प्रतिवेदन पेश गरेको छ। संवैधानिक आयोगले केन्द्रमा राष्ट्रपति तथा प्रदेशमा प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गर्ने व्यवस्थाअनुरुप अख्तियारको सुर्खेत कार्यालयले मंगलबार प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गरेको हो। प्रदेश प्रमुखको कार्यालयमा आयोगका सुर्खेत कार्यालय प्रमुख नारायणप्रसाद रिसालले प्रतिवेदन हस्तान्तरण गरे। प्रतिवेदन ग्रहण...