अल्पविकसित राष्ट्रहरूको राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज कतार जाने भएका छन् । दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन श्रेष्ठ कतार जान लागेका हुन् । सम्मेलन आइतबारदेखि मङ्गलबारसम्म हुने उक्त सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका...