प्रधानमन्त्री प्रचण्डलाई ऐतिहासिक बहुमत, कांग्रेसले दोहोर्यायो मनमोहन कान्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट मंगलबार विश्वासको मत प्राप्त गरेका छन् । दाहालको पक्षमा २६८ मत र विपक्षमा २ मत परेको थियो । प्रचण्डले पाएको मत नेपाली राजनीतिमा विरलैले पाउने गर्छन । दाहाललाई नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी,नेकपा एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी,जनमत र नागरिक उन्मुक्ती पार्टीका सांसदले मत दिएका थिए...