November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्मका लागि सर्‍यो

काठमाडौं । ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ । दलहरूका संसदीय दलका बैठकहरूका कारण प्रतिनिधिसभाको बैठक पछि सारिएको हो ।

नेपाली काँग्रेसको संसदीय दलको बैठक बसिरहेको कारण १ बजेका लागि बैठक सार्ने निर्णय भएको जनाइएको छ । काँग्रेसभित्र दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा विवाद भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने कार्यसूची रहेको छ । यसअघि नेकपा (एकिकृ समाजवादी)ले सर्तसहित प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

Advertisement