लोकतन्त्रको हत्या गर्नलाई चुनाव आवश्यक पर्दैन: नारायणकाजी श्रेष्ठ
काठमाडौं- नेकपा प्रचण्ड–माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतन्त्रको हत्या गर्नलाई चुनाव आवश्यक नभएको बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै श्रेष्ठले लोकतन्त्रलाई ध्वस्त गराउनलाई चुनाव आवश्यक नरहेको बताए । ‘सबैभन्दा धेरै लोकतन्त्रवादी हौं भनेर स्यालहुइयाँ सरकारी गुटले गरिराखेको छ। चुनावको पक्षमा हामीपनि हौं। सारा लोकतन्त्रवादीहरू छन्’ श्रेष्ठले भने, ‘तर, कुन चुनाव ? संविधानलाई लागू गर्ने चुनाव कि सविधानलाई...