सहकारी बैंकमा राजनीतिक कित्ताकाट, कांग्रेस निकटको अलग्गै बैंक बनाउने तयारी
काठमाडौं– सैद्धान्तिक रुपमा स्वायत्त र स्वतन्त्र हुनुपर्ने सहकारी क्षेत्र राजनीतिक पूर्वाग्रह बोकेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको छ। हाल संचालनमा रहेको राष्ट्रिय सहकारी बैंक लिमिटेड र गठनको प्रकृयामा रहेको नेपाल सहकारी बैंक लिमिटेडबीच स्पष्ट राजनीतिक कित्ताकाट देखिएको हो। ‘राष्ट्रिय सहकारी बैंक’मा बामधारको हालीमुहाली देखिएपछि लोकतान्त्रिक धारको समानान्तर संस्थाका रुपमा ‘नेपाल सहकारी बैंक’ ल्याउने तयारी अहिले चलिरहेको छ।...