November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

एकीकरण गरी देश जोगाउने र बनाउने योद्धाहरुको प्रशंसा खुलेर गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बचाउँन र बनाउनका लागि इतिहासमा लडेका योद्धाहरु सबैको सम्मान गर्नुपर्ने बताएका छन् । नेपाली सेनाको एकीकरण पदमार्ग सेमिनारलाई समापन गर्दै ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले इतिहासमा हाम्रो देश बनाउनका लागि योगदान गरेका र देशको एकीकरणका क्रममा योगदान गरेका सबै योद्धाहरुको खुलेर प्रशंसा तथा सम्मान गर्नुपर्ने बताएका हुन् ।

इतिहासमा नेपालको एकीकरण र राष्ट्र निर्माणलाई सम्झँदा पृथ्वीनारायण शाहलाई मात्रै होइन, बिसे नगर्चीदेखि अमरसिंह र भीमसेन थापासम्मलाई सम्झनुपर्ने भन्दै देश निर्माणमा योगदान गरेका सबैलाई सम्मानित नजरले हेर्नुपर्ने बताए ।

Advertisement

अहिले भौतिक विकासको युगमा समेत देशका कुनाकाप्चामा पुग्न र परिवेश बुझ्न अफ्ठ्यारो हुने भन्दै ओलीले तत्कालीन समयमा देशका लागि युद्ध लड्ने र देशदेशावर गर्ने वीर योद्धाहरुलाई भेदभाव गर्न नहुने बताए ।