संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताले देशभर प्रदर्शन गर्ने
काठमाडौं–सरकारले संसद विघटनको प्रस्ताव गरेपछि अध्यक्ष पुष्ककमल दाहाल‘ ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठनका नेताहरुले देशैभर प्रदर्शन गर्ने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेपछि विद्यार्थी संगठनले त्यसको विरोध गर्ने भएका हुन्। पाँच वर्षे कार्यकालका लागि जनताबाट निर्वाचित भएको सरकारलाई संसद विघटन गर्ने अधिकार नभएको अनेरास्ववियूका सहसंयोजक...