निवर्तमान कार्यसमितिले ‘ह्याण्डओभर’ गर्न नचाहेपछि एनआरएनए यूके पत्रकार सम्मेलन गर्ने तयारीमा
लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले निवर्तमान कार्यसमितिले बुझबुझारथ नगरेकोमा असन्तुष्टी जनाउँदै एक पत्रकार सम्मेलन गर्ने भएको छ । निवर्तमान कार्यसमितिका अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र कोषाध्यक्ष तेजेन्द्र रोकासंग पटक पटक बुझबुझारथका लागि प्रयास गरेपनि हिसाव किताब नबुझाएकोमा चर्को असन्तुष्टी जनाउँदै बेलायतवासी नेपालीहरुलाई उक्त जानकारी गराउन लागिएको हो । नव निर्वाचित कार्यसमितिलाई...