मोरङ । केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी बिष्णुमाया लिम्बुको उपचारका लागि संघीय लिम्बुवान सामाजिक मञ्च कतारले आर्थिक सहयोग गरेको छ ।
गतहप्ता अचानक घरमा आगजनी हुदा शरीरको ८० प्रतिशत भाग पुरै जलेर, सघन उपचारको क्रममा रहेका बिष्णुमायालाई संघीय लिम्बुवान सामाजिक मञ्च कतारले आर्थिक सहयोग गरेको हो ।
विष्णुमायाको हाल काठमाडौ स्थित किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
डाक्टरकाअनुसार उनलाई उपचारका लागि लामो समयसम्म अस्पतालमा राख्नुपर्ने छ । उपचारका लागि आर्थिक भारपनी उतिकै हुने खबर प्राप्त भएपछि सलिसाम कतारले नेपाली रुपैयाँ ४८,६०० बरोबर रकम सहयोग गरेको हो ।
यश सहयोग अभियानका लागि सलिसाम कतारले आपतकालीन बैठक बसी पदाधिकारी एवं सदस्यहरूबीच आर्थिक संकलन गरि सहयोग गरेको समाजले बताए ।
साथै सलिसाम कतारको हरेक कार्यमा हातोमालो गर्दै आईरहेका तेह्रथुम, सिम्ले निवासी सामाजिक अभियानता विरबहादुर (द्यद्य) थापाले बिष्णुमायाको उपचारका लागि कतारी रियल १,००० सहयोग गरेका थिए ।
उपचारर्थ विष्णुमाया सलिसाम कतार अन्तरगत खेलकुद विभागका सदस्य मुस्कान मिभकका आमा हुन् ।