महान्यायाधिवक्तालाई प्रधानन्यायाधीशको प्रश्न : सांसदको हस्ताक्षर दुरुपयोग भयो भन्ने तपाईंले हो र ?
काठमाडौं – महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक इजलासमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका सांसदहरूको हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि विपक्षीका तर्फबाट बहस गर्दै बडालले गणेश पहाडी र सरला यादवसहितका सांसदहरूको हस्ताक्षर दुरुपयोग भएको बताए । उनले हस्ताक्षर दुरुपयोग गरिएका कारण लिखत सम्बन्धी कसुरमा कारबाही अगाडि बढाउन इजलासले आदेश...