काठमाडौं – काठमाडौं उपत्यकामा मंगलबारदेखि २५ सिट क्षमताका सार्वजनिक यातायात संचालनमा आउने भएका छन् ।
सोमबार उपत्यकाका तिनै सिडिओहरुको बैठकले सो निर्णय गरेको हो ।
यातायातमा जोरबिजोर प्रणाली लागु हुने भएको छ । यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, सिमित सिटमा यात्रु राख्ने लगायतका मापदण्ड तोकिएको छ ।