केन्द्रको निर्देशन अनुसार अघि बढ्ने जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलको निर्णय
काठमाडाैं- राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश सभा संसदीय दलको बैठकले पार्टी केन्द्रले दिने निर्देशन अनुसार अघि बढ्ने निर्णय गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले केन्द्रीय निर्णय अनुसार मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङको पक्ष वा विपक्षमा लाग्ने निर्णय गर्नेगरि सकिएको सांसद पियारी थापाले बताइन्। तीन सिट रहेको जनमोर्चा सत्ताको निर्णायक दल भएपछि प्रतिपक्ष र सत्ता पक्ष दुवैले फकाउन थालेका छन्। मुख्यमन्त्री गुरुङले राजीनामा दिएका...