एमालेकी समानुपातिक उम्मेदवार महतो प्रवेश गरिन् कांग्रेसमा
जनकपुरधाम : नेकपा एमालेबाट मधेश प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ फूलकुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। उनी अखिल महिला संघकी सचिवालय सदस्यसमेत हुन्। महतोलाई नेपाली कांग्रेसका सहमहामन्त्री, पूर्वमन्त्री तथा धनुषा क्षेत्र ४ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा प्रवेश गराए। कांग्रेस प्रवेश गर्दै महतोले भनिन्‚ ‘मधेश पक्षधर, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी कांग्रेस रहेको महसुस गरेकाले म कांग्रेसमा...