प्रदेश १ लाई लिम्बुवान–किराँत प्रदेश नामाकरण गर्दै विभिन्न १६ स्वायत्त क्षेत्र निर्माण गर्न माग
विराटनगर । लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष १ नम्बर प्रदेशको नाम ‘लिम्बुवान–किराँत’ राख्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा विभिन्न पहिचानवादी ३१ संघ संगठनका प्रतिनिधिहरु उपस्थित भएर मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले प्रदेश १ को भौगोलिक अवस्था, सामाजिक, सांस्कृति, आन्दोलनहरु, लिम्बुवान आन्दोलनको क्रममा विगतमा...