पहिलो निर्णयमै आचार्य सरकारका सवै निर्णय खारेज
विराटनगर : मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वमा बनेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरूको खारेजी प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मंगलबार साँझ मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीमा भीम आचार्यको नियुक्ति नै संविधानसम्मत नभएकोले त्यसयता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रक्रियामा लैजाने निर्णय गरेको हो। बैठकले प्रदेश १ का...