गैंडा मृत्यु प्रकरण– अनुगमन नगर्ने चितवन निकुञ्ज र डिभिजन सडक प्रमुखलाई कारबाही सिफारिस
काठमाडाैं । चितवनमा निर्माणाधीन सडकको खाल्डोमा फसेर एकसिंगे गैंडाको मृत्यु भएको विषयमा गठित छानबिन समितिले चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूलाई समेत कारबाहीको सिफारिस गरेको छ। वन विभागका उप–महानिर्देशक डा. राजेन्द्र केसी संयोजकत्वको छानबिन समितिले वन तथा वातावरण मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा गैंडाको मृत्युमा निकुञ्ज र डिभिजन सडक कार्यालयका कर्मचारी र सडक निर्माण गर्ने कम्पनीको गल्ती औंल्याइएको छ। निकुञ्जका कर्मचारीले...