काठमाडौं-६ मा वाम-लोकतान्त्रिक गठबन्धन थप शसक्त, भीमसेनदासले उठाए गम्भीर प्रश्न
काठमाडौं । आगामी निर्वाचनमा प्रतिनिधिसभाको लागि काठमाडौं–६ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार भीमसेनदास प्रधानले राजनीतिक स्थायित्व र परिवर्तनको रक्षाका लागि पनि आफूहरुले नेतृत्व गरेको गठबन्धनले जित्ने विश्वास दिलाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा सत्ता गठबन्धनलाई बलियो बनाउनको लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिमा आफूहरुले ठूला–ठूला आन्दोलन...