सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलित
कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा उत्रिएका छन्। विश्वविद्यालय प्राध्यापक संघमा आवद्ध प्राध्यापकहरू विश्वविद्यालयमा देखिएको विद्यमान गतिरोध अन्त्य गरी समायोजन प्रकृया र प्राध्यापकको वृति विकाससँग सम्बन्धी सम्पूर्ण प्रक्रिया कार्यान्वयनको माग गर्दै रिले अनसनमा बसेका हुन् । सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति उत्तम थापाले नवौं सिनेट बैठकमा गरिएका निर्णयहरू प्राध्यापक कर्मचारीविरुद्ध भएकाले आन्दोलनमा उत्रिनु परेको बताए। ‘सिनेट...