मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष ज्ञापनपत्र बुझाएका छन् । केराबारी गाउँपालिकाले शिक्षा ऐनमा भएको प्रावधान अनुसार स्थानीय विषयवस्तु र स्थानीय आवश्यकताको अधारमा निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रममा स्थानीय बहुसंख्यक मातृभाषाहरुलाई बेवास्ता गरिएकोमा ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाईएको हो ।
गाउँपालिकामामा लिम्बू भाषीहरुको बाहुल्यता रहेकञद्धघो तीन विद्यालयहरुमा लिम्बू भाषा (आःनि पाःन) पठनपाठन भईरहेको छ ।
नेपाल सरकारले स्थानीय स्तरमा मातृभाषाको पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण गरि पठनपाठन गर्नको लागि नेपालको संविधान २०७२ को धारा ३१ को शिक्षा सम्बन्धी हकको उपधारा ५ र धारा ३२ को भाषा संस्कृती सम्बन्धी हकको उपधारा ३ को कार्यान्वयन अनुसार बन्दै गरेको स्थानीय पाठ्यक्रमसँगै लिम्बू भाषाको पाठ्यक्रम पनि समेटिनुपर्नेमा ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको हो ।
त्यस्तै, विभिन्न आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कारलाई ओझेलमा पर्न नदिई यसको संरक्षण, सम्बर्धन, समन्वय गर्ने जिम्मेवारी स्थानीय सरकारको भएको हुँदा त्यस सम्बन्धि ध्यानाकर्षण गराउदै ७ ओटा किरात लिम्बुजन्य संस्थाहरुले संयुक्त रूपमा केराबारी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र किरात लिम्बुजन्य संस्थाका प्रतिनिधिहरुमा किरात याक्थुङ चुम्लुङ केराबारी मोरङका अध्यक्ष छत्रकुमार चेम्जोङ, आनिपान शिक्षक समाज केराबारी मोरङका अध्यक्ष राजकुमार चबेगु, किरात धर्म तथा साहित्य उत्थान संघ केराबारी मोरङका अध्यक्ष फिपराज इवाहाङ, याक्थुङ लेखक ८ढटघ।संघ केराबारी मोरङका शुक्र आङ्देम्बे, किरात साम्यो नालिफुङ्वा (ं
केराबारी, मोरङका मन्जु चबेगु, शिक्षक तथा बुद्धिजिवि, खड्ग मिभक, प्रेम लाओती, सरिता चबेगु र याक्थुङ साप्सकेन संजुम केराबरी मोरङका अध्यक्ष डिल्ली लिङ्दम लगायतले बुझाएका हुन् ।