November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

वार्षिकोत्सब तथा विभिन्न कार्यक्रमहरु सम्पन्न

पान्थर । च्याङ्थापु फलैंचा सरोकार समाज नेपालले हालै मात्र विभिन्न कार्यक्रमहरु गरी आफ्नो प्रथम वार्षिकोत्सब मनाएको छ । संस्थाको कार्यक्षेत्र पान्थर जिल्लाको उत्तर पूर्वी गाउँहरु च्याङ्थापु र फलैंचा रहेको र वार्षिक उत्सब पनि च्याङ्थापुस्थित विष्णु मा.वि.को प्राङ्गणमा गरिएको संस्थाका अध्यक्ष शरद अधिकारीले बताए ।

संस्था दर्ता भएको दिन मंसिर २९ गते पारेर आयोजना गरिएको उक्त कार्यक्रमलाई दुई भागमा बाँडिएको थियो । पहिलो चरणमा अनौपचारिक कार्यक्रम अन्तर्गत च्याङ्थापु र फलैंचामा रहेका १३ वटा विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुबिच अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता संचालन गरिएको थियो । जसमा नारायणी मा.वि. गंगावाले प्रथम, बुद्ध मा.वि. नाम्रेकले द्वितीय, विष्णु मा.वि. च्याङ्थापुले तृतीय तथा शिंहकाली आ.वि तिम्तिम्बुले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

त्यसैगरी दोश्रो चरण अन्तर्गत आयोजित औचारिक कार्यक्रमलाई जिल्ला समन्वय समिति पान्थरका सदस्य नर बहादुर गुरुङबाट प्रमुख आतिथ्यता भएको साथै विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरु, दुवै वडाका जनप्रतिनिधिहरु, संस्थालाई आर्थिक तथा सामग्री सहयोगदाताहरु, राजनितिक दलका स्थानिय प्रमुख तथा प्रतिनिधिहरु, कार्यक्रमका प्रायोजक तथा सह–प्रायोजकहरु, समाजका दिग्गज व्यक्तित्वहरु, विभिन्न विद्यालयका वि.व्य.समितिका पदाधिकारीहरु, प्र.अ. तथा प्रतिनिधि शिक्षक शिक्षिकाहरु, संस्थाको सम्पर्क समितिका सदस्यहरु, अभिभावकहरु, सुरक्षाकर्मीहरु तथा अन्य आमन्त्रित महानुभावहरु, सहभागी तथा अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो । पानसमा दिप प्रज्वलन गरी शुरु गरिएको कार्यक्रमलाई कुमार शिवाकोटीबाट स्वागत मन्तव्य त्यसैगरी गंगाराम नेपालले संस्थाका गतिबिधिहरुमाथि प्रकाश पारेका थिए ।
मेची बुक्स फिदिमका प्रोप्राइटर उमेश अधिकारीबाट प्राप्त भएको एक थान ह्विलचेयर तथा संस्थाका कोषाध्यक्ष चन्द्र प्रसाद बेघाबाट प्राप्त भएको एक थान वाकर र ५०० थान मास्क क्रमशः च्याङ्थापु स्वास्थ्य चौकी, फलैंचा स्वास्थ्य चौकी र विष्णु मा.वि.लाई हस्तान्तरण गरिएको थियो भने संस्थाले यसैपालादेखि शुरु गरेको विष्णु मा.वि.को कक्षा ११ र १२ मा अध्ययनरत दुई दुई जना विद्यार्थीहरुलाई दिइने घोषणा गरिएको “सरोकार समाज छात्रवृत्ति योजना” अन्तर्गतको छात्रवृत्ति यसपाला कक्षा एघारमा अध्ययनरत दुईजना विद्यार्थीहरुलाई बितरण गरिएको थियो ।

Advertisement

कार्यक्रमका बीचबीचमा प्रस्तुत भएका आकर्षक नृत्य तथा गायनले उपस्थित सम्पूर्णलाई पूर्ण रुपमा मनोरञ्जन दिने गर्दथ्यो भने विष्णु मा.वि.का शिक्षक तिलचन अधिकारीको उध्घोषण शैली र विद्यार्थीहरुको धैर्यताले कार्यक्रम भव्य र सभ्य देखिन्थ्यो ।

सम्पूर्ण राजनितिक दल र दाताहरुका तर्पmबाट समाजसेवी राजेन्द्र तिमल्सेना र अन्य अतिथि तथा सहभागी सम्पूर्ण विद्यालयको प्रतिनिधित्व गर्दै विष्णु मा.वि.का प्रधानाध्यापक गंगा खरेलले संस्थालाई बधाई तथा शुभकामना मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रममा सम्पूर्ण प्रायोजक एवम् सह–प्रायोजकहरुलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नृत्य प्रदर्शन गर्ने र स्वयम सेवकको रुपमा रहेर दिनभर आयोजकलाई सहयोग गर्ने विद्यार्थी भाईबहिनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार तथा कदर पत्र प्रदान गरिएको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना एवम् सम्पूर्ण सहभागी विद्यालय तथा विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिहरु लगायत सम्पूर्ण अतिथिहरुबाट ट्रफी, नगद पुरस्कार, स्टेसनरी सामग्रीहरु, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।

समय अभावका कारण छोटो भनाईहरुद्वारा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति पाँचथरका सदस्य नर बहादुर गुरुङबाट संस्थालाई बधाई तथा भविष्यमा यो संस्थाले अझ प्रगति र सेवामुलक काम गर्दै जान सकोस् भन्ने शुभकामना दिएका थिए ।

अन्त्यमा अनौपचारिक तथा औपचारिक कार्यक्रमलाई समापन गर्दै च्याङ्थापु फलैंचा सरोकार समाज नेपालका अध्यक्ष तथा त्यस कार्यक्रमका अध्यक्ष शरद अधिकारीले आमन्त्रित सम्पूर्ण महानुभावहरु, सम्पूर्ण प्रायोजक तथा सह–प्रायोजकहरु, संस्थाका पदाधिकारी तथा सदस्यहरु, गाउँ सम्पर्क समितिका सदस्यहरु, अभिभावक तथा सहभागी विद्यालय एवम्विद्यार्थीहरु, सुरक्षाकर्मीहरु, कलाकार भाईबहिनीहरु, हाजिरीजवाफ तथा वार्षिकोत्सब कार्यक्रमलाई सभ्य र भब्य बनाउन विभिन्न तह र तप्काबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा खटिने सम्पूर्णमा धन्यवाद साथै हाजिरीजवाफ प्रतियोगितामा बिजयी विद्यालय तथा विद्यार्थीहरुलाई बधाई दिँदै सहभागी सम्पूर्ण विद्यालय तथा विद्यार्थीहरुप्रति संस्थाको तर्पmबाट आभार प्रकट गरेका थिए भने संस्थाका आगामी योजनाहरुका बारेमा संक्षिप्त जानकारी समेत दिएका थिए ।

कार्यक्रमका तस्वीरहरु