November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

पार्टी महासचिवमा मेराे दाबी स्वभाविक : पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् । झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएका हुन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए  । केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास उनको छ ।  पुनले भने, ‘मैले चीनमा उपचार गराइरहँदा पनि भनेको थिएँ, यदी नेतृत्वले सहमति गरेमा मान्न तयार छु । यदी प्रतिस्पर्धा भयो भने पनि प्रतिस्पर्धा गर्छु भनेकै हुँ।’ यस्तै नेता अनन्तले आफू बैंककबाट चीन लैजाँदा अचेत अवस्थामा रहेको बताएका छन् । नेता पुनले बैंककबाट चीनमा लैजाँदा ३/४ दिनपछि मात्रै...