काठमाडौं । शनिबार बस्ने भनिएको सर्वदलीय बैठक स्थगित भएको छ । चुनावलगायत विभिन्न विषयमा छलफल गर्न बालुवाटारमा आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।
शुक्रबार सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकले चुनाव र सम्सद सुचारूलगायत विषयमा सर्वदलीय छलफल गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको तयारी गरेका थिए ।
सत्तारुढ गठबन्धनमा तीनै तहको चुनाव एकैपटक गर्ने विषयमा पनि शुक्रबार छलफल भएको थियो ।