प्रधानमन्त्री बन्न संसदीय दलको चुनाव लड्न गगनको तयारी
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागिपरेको बताएका हुन्। महिला सुरक्षा दवाव समूह, नेपालले गरेको एक कार्यक्रममा उनले मंसिर १५ गतेसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गरे...