पल शाह र सन्दिप लामिछाने छुटाउन युवराजले लेखे देउवालाई निवेदन
काठमाडौं । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले मुलुकी अपराध संहिता संशोधन र उच्चस्तरीय नागरिकता छानबिन आयोग गठनको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निवेदन दिएका छन् । मुलुकी अपराध संहिता २०७४ परिच्छेद १७ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (२) संशोधन र उच्चस्तरीय नागरिकता छानबिन आयोग गठनका लागि सफलले प्रधानमन्त्रीसमक्ष निवेदन दिएका हुन्...