तीन दलको निर्णय: गण्डकीका मुख्यमन्त्रीविरुद्ध एक भएर जाने
काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) एक भएर जाने भएका छन्। मुख्यमन्त्रीविरुद्ध चार दलले हस्ताक्षर गरिसकेकाले त्यसबाट दायाँबायाँ नहुने कांग्रेस सांसद कुमार खड्काले बताए। ‘अहिलेसम्म कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सबै सांसदहरू एक ढिक्का छौं’ खड्काले भने, ‘राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेपनि मुख्यमन्त्रीविरुद्ध मत जाहेर गर्ने सहमति भइसकेको...