November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

तत्काल देशव्यापी रुपमा लकडाउन गर्दैनौँ: प्रदीप ज्ञवाली

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले तत्काल देशव्यापी रुपमा लकडाउन नगर्ने बताएका छन्।

आइतबार बालुवाटारमा बसेको एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले लकडाउन अन्तिम समाधान नभएको बताए।

‘लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ। त्यसले अलिकति पछाडि धकेल्ने मात्रै हो। त्यो आफैंमा अन्तिम समाधान होइन,’ उनले भने।

Advertisement

भर्खरभर्खर अर्थतन्त्र तंग्रिन थालेको हुनाले सकभर अर्थतन्त्रमा, मानिसको जीविकामा प्रतिकूल प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको ज्ञवालीले बताए।

हटस्पटहरुमा आंशिक लकडाउन हुनसक्ने सम्भावना भने उनले व्यक्त गरे।