November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

ओलीविरुद्व दायर रिट न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं – अध्यक्ष केपी शर्मा ओलीविरुद्व नेता माधवकुमार नेपालसहित एमालेका ४ सांसदले दर्ता गराएको रिटको पेशी तोकिएको छ । ओलीविरुद्व दर्ता रिटको पेशी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको हो ।

न्यायाधिश ढुंगानाको इजलासमा आइतबारका लागि तोकिएको रिटमाथि सुनुवाई हुने सम्भावना भने कम छ । इजलासको अन्तिममा राखिएको रिट हेर्न नभ्याइनमा पर्ने सम्भावना छ । न्यायाधीश ढुंगानाको इजलासको ३० औं नम्बरमा उक्त पेशी तोकिएको छ ।

ओलीले २७ सांसदमाथि कारबाही गर्ने गरि स्पष्टीकरण सोधेसँगै नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलले संयुक्त रुपमा सर्वोच्चमा उक्त प्रक्रिया रोक्न माग गर्दै रिट निवेदन गरेका थिए । निवेदनमा उनीहरुले आफूहरुमाथि गर्न लागिएको निष्काषनको कारवाही उत्प्रेषण, प्रतिषेधको आदेशद्वारा बदर तथा रोक्का गर्न माग गरेका छन् ।

Advertisement