सर्वोच्चले सविधानकाे व्याख्या मात्रै गर्न सक्छ: नारायण काजी श्रेष्ठ
काठमाडौं– नेकपा प्रचण्ड-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतलाई संविधानको संशोधन होइन, व्याख्या गर्ने अधिकारमात्रै भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामाथि राष्ट्रिय सभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘सर्वोच्चले संविधान अनुसार नै निर्णय गर्नेछ। अदालतकाे स्वतन्त्र भूमिकाप्रति विश्वास छ। संविधानमै टेकेर फैसला गर्ने हो। बाहिर...