चुनावी तालमेल बारे पार्टीमा निरन्तर छलफल गर्दैछौँ, पार्टीको निर्णय सबैले मान्नुपर्छ: गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन्। शनिवारसिन्धुपाल्चोकस्थित इन्द्रावती रङ्गशाला र गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्दै थापाले चुनावी तालमेलबारे पार्टीमा निरन्तर छलफल भइरहेको पनि बताए। महामन्त्री थापाले भने, ‘तालमेल गर्नेबारे पार्टीमा निरन्तर छलफल गर्दैछौँ, तर पार्टीको निर्णय सबैले मान्नुपर्छ।’ इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन रु छ करोडमा तयार भएको हो भने...