November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

जग्गा प्लटिङको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यू

काठमाडौं । चाँगुनारायण नगरपालिकामा ढिस्कोले पुरेर दुईजनाको ज्यान गएको छ । शुक्रबार नगरपालिकाको वडा नम्बर –९ ताथलीस्थित भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएको हो। 

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जग्गामा पर्खाल लगाउने क्रममा अचानक आएको ढिस्कोले पुर्दा दुई जनाको मृत्यु भएको र उनीहरूको राति ७ः३० बजेसम्म घट्नास्थलमै शवको पहिचान तथा मुचुल्का उठाउने काम भएको थियो ।

Advertisement

चम्पा भन्नेको जग्गा प्लानिङ हो भन्ने सुन्नमा आए पनि खासमा कसको जग्गा प्लानिङ हो भन्नेबारेमा यकिन नआएकाले अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।

स्थानीयका अनुसार लामो समयदेखि जग्गाको कारोबार गर्दै आएकी चम्पा कुस्मा प्रहरीको उच्च अधिकारीको पत्नी भएकीले प्रहरीले शव छिटो लगेर घटनाको गम्भीररूपमा अनुसन्धान नगर्न खोजेको भन्दै स्थानीयले घट्नास्थलमै विरोध गरी शव लैजान रोकेको थियो । 

स्थानीय प्रत्यक्षदर्शीले भने भिरालो जग्गालाई सम्याएर पुरेको माटाको ढिस्को माथिबाट खसेर पर्खाल लगाउँदै गरेको मजदुर पुरिएको जानकारी दिएका छन्।