प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार : को-को बने मन्त्रीहरु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरी विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहित नयाँ ५ दल समेटेर सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन । तर मन्त्रिपरिषद् अझै अपूर्ण छ । राष्ट्रपति कार्यालय शितल निवास स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी...