११ दिन पैदल हिंडेर काठमाडौं आएका मिटरब्याजपीडित धर्नामा
काठमाडौं । ११ दिन पैदल हिंडेर काठमाडौं आइपुगेका मिटरब्याजी पीडित सोमबार अपराह्न खुलामञ्च क्षेत्रमा पुगेका छन् । चैत २ गते महोत्तरीबाट चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ७३ जना मिटरब्याजपीडित आइतबार काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेका उनीहरु सोमबार खुलामञ्चमा बस्ने तयारीमा थिए । काठमाडौं महानगरपालिकाले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न नदिएपछि सडकमा धर्ना दिएर बसेका...