भण्डारीको दुई कार्यकाल: आलोचना र समर्थनको भूमरी
काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारदेखि शीतल निवास छाडेकी छन् । भण्डारीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई शितलनिवासको साँचो र कुर्सी हस्तान्तरण गरेसँगै विदा भएकी हुन् । उनको कार्यकाल सकिएपछि सोमबारबाट पौडेलले नेपालको राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेका छन् । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ...