स्ववियू निर्वाचनः केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको ओझा प्यानलको बलियो उपस्थिति
काठमाडौं । १४ बर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि विद्यार्थी उम्मेदवारहरुले आफ्नो तयारीलाई अन्तिम रुप दिएका छन् । त्रिभुवन विश्वविद्यालयका देशभरका क्याम्पसहरुमा चुनावी तयारी लगभग अन्तिम चरणमा छ । विशेषगरी काठमाडौं उपत्यकाभित्रका ठूला क्याम्पसहरुमा चुनावको भिन्न रौनक छ । त्रिवि अन्तर्गतका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते निर्वाचन हुँदैछ...