August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

डेनी निरौलाको ‘कहिले दिन कहिले रात’मा रोमान्चक प्राकृतिक दृश्य(भिडियो)

काठमाडौं । करिब तीनसय बढी गीतमा काम गरिसकेका कलाकार डेनी निरौलाको स्वर तथा संगीतमा नयाँ गीत ‘कहिले दिन कहिले रात’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो तयार गरिएको छ ।

सर्जक गीता बजगाईंको शब्दमा निरौलाले स्वर र संगीत दिएका हुन् । गोदावरीमा छायांकन गरिएको भिडियोमा फरिता खड्का, करण खतिवडा र डेनी स्वयंले पनि अभिनय गरेका छन् ।

भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् भने निर्देशन गम्भीर बिष्टले गरेका हुन् । गीत साउण्ड डिजाइनको स्टुडियोमा रेकर्ड गरिएको निरौलाले बताए । त्यसमा मिक्सिङ र रेकर्डिङ भोला पौडेलले गरेका छन् भने मनोहर सुनामको एरेन्ज छ ।

Advertisement

डेनी संगीत प्रशिक्षक पनि हुन । ललितपुरको महालक्ष्मी नगरपालिका सानागाउँमा उनको सरु संगीत घर नामक संगीत पाठशाला पनि संचालनमा छ ।