पूर्वी नेपालमा भक्का दिवस
झापा । पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा पुस २९ गते भक्का दिवस मनाईंदै छ । भक्का ती जिल्लामा रहेका आदिवासी, जनजाति र राजवंशी समुदायको परम्परागत परिकार हो । पूर्वी नेपालमा सर्वाधिक रुचाइने परिकारमध्ये भक्का पनि एक हो । विशेषतः हिउँद अर्थात् जाडो महिनामा स्थानीयले भक्काको प्रयोग धेरै गर्छन् । चामलको पिठोलाई पानीको बाफमा पकाएपछि...