जहाज दुर्घटना : शव व्यवस्थापन तथा परीक्षण कार्य धमाधम
काठमाडौं । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रु तथा चालक दलका सदस्यको शव परीक्षणको प्रक्रिया सुरु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव व्यवस्थापन तथा परीक्षण कार्य सुरु भएको हो। प्रतिष्ठानका निर्देशक प्राडा भरत बहादुर खत्रीका अनुसार राष्ट्रिय शव परीक्षण समिति गठन भइ परीक्षण तथा व्यवस्थापनको काम अगाडि बढाइएको हो। शवको पहिचान तथा...