November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ वयस्क रहेको खुल्यो

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।

जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहासमा १० जना विदेशी यात्रु रहेको बताइएको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट हुनुहुन्थ्यो भने एस हुन्चु र ओए मगर परिचारिका थिए ।

Advertisement

विमानस्थलमा आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार रहेको बताइएको छ । घटनास्थलमा आगो निभाउने जारी छ ।