काठमाडौं । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको जहाज २००७ देखि भारतको किङफिसर एयरलाइन्सले संचालन गरेको पाइएको छ ।
उमेश श्रेष्ठले उल्लेख गरेको समाचार स्रोतका अनुसार १५.५ वर्षअघि पहिलो उडान गरेको यो विमान सुरुमा २००७ देखि भारतको किङफिसर एयरलाइन्सले चलाएकोमा २०१३ देखि थाइल्यान्डको नोक एयरले चलाउने गरेको र २०१९ को अप्रिलदेखि यतिले चलाउन थालेको पाइएको छ ।
काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।
कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।