महाअभियोग प्रकरणले तरंगित न्यायलय : चोलेन्द्र श्रीमानलाई ‘ग्रीन सिग्नल’
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले फेरि न्यायलय तातेको छ । महाअभियोगका विषयमा विभिन्न कोणबाट बहस भइरहेको छ । जबराविरुद्धको महाभियोग १० महिनापछि निष्क्रिय भएपछि उक्त विषयले नयाँ मोड लिएको छ । मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायिक मर्यादाविपरीतको काम गरेको भन्दै जबराविरुद्ध अहिलेको सत्ता गठबन्धनका ९८ सांसदले गत फागुन १ मा...