बैशाख १० पछिमात्र सरकारले पूर्णता पाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई पर्खंदा आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको योजना १० वैशाखको प्रतिनिधिसभाको उपनिर्वाचन अघि असम्भव देखिएको छ । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले गत १७ चैतमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि अपूर्ण बनेको सरकार आठौंपटकको विस्तारमा पनि पूर्ण हुने कि नहुने अझै अलमल...