चार वर्षीय बालकको अपहरण, एक भियतनामी नागरिक पक्राउ
काठमाडौं । ललितपुरबाट चार वर्षीय बालकको अपहरण भएको छ । अपहरणको आरोपमा एक भियतनामी नागरिकलाई पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा उद्धार गरिएको हो।