प्रदेश खेलकुद महोत्सव: पुरुष सडक दौडमा लिम्बू र महिलामा बस्नेत प्रथम
विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव– २०८१ प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गतको पुरुष ५ किलोमिटर सडक दौड प्रतियोगितामा तेह्रथुमका सरोज लिम्बू प्रथम भएका छन् । लिम्बूले ५ किलोमिटरको रोड रेस १५ मिनेट ४४ सेकन्डमा पूरा गर्दै प्रथम भएका हुन् । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद महोत्सव मूलसमारोह समितिका अध्यक्ष...