मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिता फागुन ११ देखि हुने
झापा । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता – २०८१ फागुन ११ गते देखि सुरु हुने भएको छ । महासंघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिता फागुन ११ देखि १६ गते सम्म दमकमा हुने भएको हो । आज दमकमा पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेश...