एनआरएनए अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवाश्री पदक
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवा श्री पदक प्रदान गरिएको छ। नयाँ वर्ष बैशाख १ गते शितल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संघका अध्यक्ष कुल आचार्यलाई उक्त पदक प्रदान गरेका थिए। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार आचार्य लगायत बेलायतमा बसोबास गर्ने व्यक्तित्वहरुलाई विभिन्न पदकहरु प्रदान गरिएको थियो। गत...