राष्ट्रियसभा बैठक : विश्वासको मत दिनु स्वाभाविक
काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको बैठकमा दलीय आधारमा बोल्दै सांसदहरुले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको मुद्दालाई सशक्त ढङ्गले अघि बढाएर अघि बढ्नुपर्नेमा जोड दिए । एकीकृत समाजवादी खिमलाल देवकोटाले स्थानीय निकायलाई सबल बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गरिनुपर्ने माग...